ग्लोबल


इरानमा आर्थिक अपराधमा कम्पनी मालिकलाई मृत्युदण्ड

इरानमा आर्थिक अपराधमा कम्पनी मालिकलाई मृत्युदण्ड

नेपालखबर
मंसिर २२, २०८२ सोमबार ७:३१, तेहरान

इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ।

‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक गफ्फारीलाई कार किन्ने नेटवर्कमार्फत हजारौँ मानिसलाई ठगी गरेको मुद्दामा सर्वोच्च अदालतले मृत्युदण्ड सुनाएको थियो। 

यो ठगी योजना सन् २०१३ मा उत्तर काजविन प्रान्तमा सुरु भएको थियो।

प्रारम्भमा सस्तो मूल्यमा कार दिने वाचा गरिएको थियो र पछि यसले रियल इस्टेट र अन्य लगानी योजनामा पनि विस्तार गरेको थियो।

अभियोजनले गफ्फारी र उनका सहकर्मीहरूले जनताबाट ठूलो रकम उठाएर नयाँ निक्षेपमार्फत प्रारम्भिक ग्राहकलाई फिर्ता रकम दिएको अभियोग लगाएको थियो।

इरानी न्यायपालिकाका अनुसार, यस योजनामा हालको विनिमय दर अनुसार करिब तीन करोड ५० लाख डलर बराबरको रकम संलग्न थियो।

यस घटनामा करिब २८ हजार उजुरीकर्ता र २८ प्रतिवादी थिए।

न्यायपालिकाले भन्यो, ‘सर्वोच्च अदालतले मृत्युदण्ड पुष्टि गरेपछि समेत गफ्फारीले आफ्ना दायित्व पूरा गरेनन्, जसले पीडितहरूमा गम्भीर आर्थिक र मानसिक क्षति पुर्‍याएको छ।’

इरानमा हत्या, बलात्कारजस्ता अपराधका साथै आर्थिक अपराध र जासुसी मामलामा पनि मृत्युदण्ड लागु हुन्छ। मानवअधिकार समूहअनुसार चीनपछि इरान विश्वमा दोस्रो सर्वाधिक मृत्युदण्ड दिने देश हो। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad