ग्लोबल


पुटिनले युद्धका लागि तयार छौँ भनेपछि नेटोको जवाफ : हामी कतै भाग्दैनौँ

पुटिनले युद्धका लागि तयार छौँ भनेपछि नेटोको जवाफ : हामी कतै भाग्दैनौँ

नेपालखबर
मंसिर १७, २०८२ बुधबार २१:५९,

नेटोका महासचिव मार्क रुटले रुसको धम्कीका सामु आफूहरू कतै नभाग्ने जवाफ दिएका छन्। यसअघि पुटिनले आफूहरू युद्धका लागि तयार रहेको बताएका थिए।

युरोपको पक्षबाट युक्रेन युद्ध अन्त्यका लागि गरिएको प्रस्तावलाई पूर्ण रुपमा खारेज गर्दै पुटिनले त्यस्तो बताएका थिए।

‘हामी युरोपसँग युद्ध लड्न चाहन्नौँ। मैले यो कुरा सयौँचोटि भनिसकेँ। तर, यदि अचानक युरोप हामीसँग लड्न चाहन्छ र युद्ध सुरु गर्छ भने हामी अहिले तयार छौँ,’ पुटिनले मंगलबार भनेका थिए।

त्यसलगत्तै बुधबार पुटिनले अमेरिकी दूत स्टिभ विट्कोफसँग पाँच घण्टा लामो वार्ता गरेका थिए। तर, त्यो वार्ताले ‘ब्रेक थ्रु’ दिनन सकेन। पुटिनले अमेरिकाको प्रस्तावलाई पूर्ण रुपमा अस्वीकार नगरेको रुसी पक्षको भनाइ छ।

‘हामी केही कुरामा सहमत भयौँ। कतिपय कुराको आलोचना गर्‍यौँ। राष्ट्रपति पुटिनले पनि केही प्रस्तावप्रति आफ्नो आलोचनात्मक, अझ भन्दा नकारात्मक धारणा लुकाउनु भएको छैन। तर, मुख्य कुरा हामीले एकदम कामलाग्दो छलफल गर्‍यौँ,’ पुटिनका सहयोगी युरी उसाकोवले भनेका छन्।

लगत्तै ब्रसेल्समा नेटोका विदेशमन्त्रीहरूको छलफल आयोजना गरिएको थियो। जहाँ उनीहरूबीच युक्रेनलाई सहयोग बढाउने विषयमा छलफल भएको थियो। बैठकपछि महासचिव रुटले पुटिनलाई जवाफ दिएका हुन्।

नेटोको समर्थनले युक्रेन युद्धमा फरक पारिरहेको दाबी गरे। 

‘पुटिलाई लाग्छ, उनी हामी सबैलाई हराउन सक्छन्। तर, हामी कतै भाग्दैनौँ,’ उनले भने, ‘हामी हाम्रो भूमि र जनताको रक्षा गर्न जे गर्नुपर्ने हो गर्न तयार छौँ।’ एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad