ग्लोबल


इन्डोनेसियामा भीषण बाढी-पहिरो : मृतकको संख्या ७०० नाघ्यो, ५०० बेपत्ता

इन्डोनेसियामा भीषण बाढी-पहिरो : मृतकको संख्या ७०० नाघ्यो, ५०० बेपत्ता

नेपालखबर
मंसिर १७, २०८२ बुधबार ६:६, काठमाडौँ

इन्डोनेसियाको सुमात्रा टापुमा विनाशकारी बाढी र पहिरोबाट मृत्यु भएकाको संख्या ७०० नाघेको छ। कम्तीमा ५०० जना बेपत्ता छन्।

धेरै जना हिलोमा फसेको आशंका गरिएको छ। लगभग १० लाख मानिसलाई घरबाट उद्धार गरिएको छ।

बाढी-पहिरोबाट बढी पीडित क्षेत्रहरूमा अझै पनि महत्त्वपूर्ण सहायता पुग्न सकेको छैन।

बाढीपीडित क्षेत्रका धेरै मानिसहरूले आफूहरू सफा पानी, चामल वा फोन सिग्नल खोज्न घण्टौँ हिँड्नुपरेको बीबीसीसँग बताएका छन्।

बाढीको पानी र भग्नावशेषका कारण धेरैजसो सडक आवतजावत गर्न नसकिने भएका छन्।

सहायताकर्मीहरू पैदल र मोटरसाइकलबाट बाढीपीडितहरूसम्म पुग्ने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad