ग्लोबल


बंगालको खाडीमा चक्रवात विकास भएपछि भारतमा जारी गरियो चेतावनी

बंगालको खाडीमा चक्रवात विकास भएपछि भारतमा जारी गरियो चेतावनी

नेपालखबर
मंसिर १०, २०८२ बुधबार ६:१५, काठमाडौँ

बंगालको खाडीमा चक्रवात विकास भइरहेको भन्दै भारतको मौसम विभाग (आईएमडी) ले चेतावनी जारी गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार आगामी २४ घण्टामा सेनयार नामको चक्रवात जमिनमा बज्रिने सम्भावना छ।
आगामी २४ घण्टामा अन्डमान सागरको मौसम अचानक परिवर्तन हुन सक्छ।

स्काइमेट वेदरले आगामी ४८ घण्टा भित्र सेनयार चक्रवात जमिनमा पुग्ने अनुमान गरेको छ। यस अवधिमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्नेछ र आँधीबेहरीसँगै भारी वर्षा हुनेछ।

तमिलनाडु, केरला, आन्ध्र प्रदेश, अन्डमान र निकोबार टापुमा भारी वर्षा हुने अनुमान गरिएको छ।

आईएमडीले डिसेम्बर १ सम्म धेरैवटा दक्षिणी राज्यमा भारी वर्षा हुने अनुमान गरेको छ। यो आँधीले भारतका दक्षिणी र तटीय राज्यहरूमा भारी वर्षा, तीव्र हावा र बाढी ल्याउने सम्भावना छ। चक्रवातले असर पार्ने प्रमुख राज्यहरू तमिलनाडु, केरला, आन्ध्र प्रदेश, अण्डमान र निकोबार टापुहरू, ओडिशा र पश्चिम बंगालका तटीय क्षेत्र हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad