समाज


थप तल झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

थप तल झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

नेपालखबर
मंसिर १०, २०८२ बुधबार ६:२५, काठमाडौँ

काठमाडौँ उपत्यकासहित देशभर दिनप्रतिदिन चिसो बढिरहेको छ। 

यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस देखिएको हो। हिजो ७ डिग्री सेल्सियस थियो। 

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ अहिलेकै स्थिर रहन पनि सक्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।  

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad