ग्लोबल


लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर

लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १३:२९, काठमाडौँ

इजरायली सेनाले लेबननको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको छ।

हमलामा हिज्बुल्लाहका एक वरिष्ठ  कमान्डरको मृत्यु भएको बीबीसीले जनाएको छ। युद्धविरामका बीच यो आक्रमण भएको हो।

इजरायलले आक्रमणमा मारिएका  हैथम अली अल-तब्ताबाईलाई हिज्बुल्लाहको चिफ अफ स्टाफ रहेको बताएको छ। संगठनका पुराना सदस्य महत्त्वपूर्ण पदहरूमा काम गरेका थिए।

लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा कम्तीमा पाँच जना मारिएका छन् २८ जना घाइते भएका छन्।

आक्रमण घना बस्ती रहेको दहियाह छिमेकमा रहेको आवासीय भवन लक्षित थियोे।

हिज्बुल्लाहले तब्ताबाईको मृत्युको पुष्टि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad