ग्लोबल


जीवाश्म इन्धनबारे कुनै सम्झौता नगरी सकियो जलवायु शिखर सम्मेलन

जीवाश्म इन्धनबारे कुनै सम्झौता नगरी सकियो जलवायु शिखर सम्मेलन

सहमति हुन नसकेपछि निराश जलवायु शिखर सम्मेलनका अध्यक्ष आन्द्रे कोरिया डो लागो।


नेपालखबर
मंसिर ७, २०८२ आइतबार १३:१३, काठमाडौँ

ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन (कोप३०) जीवाश्म इन्धनबारे कुनै सम्झौता नगरी सकिएको छ।

यो अवस्था बेलायत र युरोपेली संघसहित ८० भन्दा बढी देशका लागि निराशाजनक छ, जो तेल, कोइला र ग्यासको प्रयोग घटाउने विषयमा सम्झौतामा पुग्न चाहन्थे।

यद्यपि तेल उत्पादक देशहरूले आफ्नो अर्थतन्त्र बढाउन आफ्नो जीवाश्म इन्धन स्रोत प्रयोग गर्ने अधिकार हुनुपर्ने कुरामा जोड दिएका छन्। 

उक्त सम्मेलन- विश्वव्यापी तापक्रम वृद्धि पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयास असफल भएको भनेर संयुक्त राष्ट्रसंघले भनेका बेला आयोजना गरिएको थियो। 

शनिबार अन्तिम पूर्ण बैठकमा कोलम्बियाका प्रतिनिधिले देशहरूलाई सम्झौतामा ‘आपत्ति जनाउन रोकिएको’ विषयमा कडा आलोचना गरे।

अन्तिम सम्झौताले देशहरूलाई ‘स्वेच्छाले जीवाश्म इन्धन घटाउन’ आह्वान गर्छ। 

अमेरिकाले भने पहिलोपटक उक्त जलवायु शिखर सम्मेलनमा प्रतिनिधि पठाएन।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको नाम पेरिस सम्झौताबाट फिर्ता लिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad