ग्लोबल


दुबईमा खस्यो भारतीय वायुसेनाको विमान

दुबईमा खस्यो भारतीय वायुसेनाको विमान

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १७:४१, काठमाडौँ

संयुक्त अरब इमिरेट्समा आयोजित दुबई एयर सोमा प्रदर्शनका क्रममा भारतको तेजस लडाकु विमान दुर्घटना भएको छ।

भारतीय वायुसेनाले दुबई एयर सोमा तेजस विमान दुर्घटना भएको पुष्टि गरेको छ।

वायुसेनाले दुर्घटनामा पाइलटको मृत्यु भएको बताएको छ।

समाचार एजेन्सी पीटीआईले घटनाको भिडिओ पोस्ट गरेको छ।

जसमा एउटा विमान सिधै जमिनतिर खसेको देखिन्छ, त्यसपछि आगो र कालो धुवाँको मुस्लो देखिन्छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, आज दिउँसो २:१० बजे विमान दुर्घटना भएको हो।

एसोसिएटेड प्रेस समाचार एजेन्सीका अनुसार, 'प्रदर्शनी दुबईको दोस्रो ठूलो अल-मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना भइरहेको छ। दुर्घटना हुँदा विमानस्थलमा धुवाँको मुस्लो उठ्यो र साइरन बज्यो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad