ग्लोबल


बंगलादेशमा ५.७ म्याग्निच्युडको भूकम्प, अहिलेसम्म ३ जनाको मृत्यु, २०० घाइते

बंगलादेशमा ५.७ म्याग्निच्युडको भूकम्प, अहिलेसम्म ३ जनाको मृत्यु, २०० घाइते

बंगलादेशमा शुक्रबार बिहान आएको भूकम्पका कारण भएको क्षति।


नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १३:५३, काठमाडौँ

शुक्रबार बिहान बंगलादेशमा ५.७ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पमा तीन जनाको मृत्यु भएको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन्। 

भूकम्पको केन्द्रबिन्दु ढाकाबाट २५ किलोमिटर टाढा रहेको नरसिंदीको माधबादी थियो।

भूकम्प यति शक्तिशाली थियो कि दशतले भवनसमेत ढल्किएको छ।

शुक्रबार बिहान बंगलादेशमा भूकम्प आएपछि सडकमा निस्किएका मानिस।

भूकम्पका कारण बंगलादेशमा जारी बंगलादेश-आयरल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट खेल पनि रोकिएको छ। 

स्थानीय सञ्चारमाध्यमले भूकम्पमा ६ जनाको मृत्यु भएको दाबी गरे पनि प्रहरीले अहिलेसम्म ३ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ।

भूकम्पका कारण कपडा कारखानामा भागदौड
भूकम्पका कारण बंगलादेशस्थित गाजिपुरको श्रीपुरमामा रहेको डेनिमेक नामक कपडा कारखानामा भागदौड मच्चिँदा १५० भन्दा बढी कामदार घाइते भएका छन्। 

बहुतले भवनबाट भाग्न खोज्दा उनीहरू घाइते भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

घाइतेहरूलाई श्रीपुर उपजिल्ला स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ। 

यसैबीच भूकम्पको धक्का भारतको कोलकातामा समेत महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

कोलकातामा भूकम्पको धक्का  २० सेकेन्डसम्म महसुस गरिएको स्थानीयले बताएका छन्। 

अहिलेसम्म कुनै क्षतिको खबर छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad