ग्लोबल


साउदीका युवराज र रोनाल्डोलाई ह्वाइट हाउसमा स्वागत गर्दै ट्रम्प

साउदीका युवराज र रोनाल्डोलाई ह्वाइट हाउसमा स्वागत गर्दै ट्रम्प

क्रिस्टियानो रोनाल्डो र डोनाल्ड ट्रम्प (फाइल फोटो)


नेपालखबर
मंसिर ३, २०८२ बुधबार ५:४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई ह्वाइट हाउसमा स्वागत गर्ने भएका छन्।

बीबीसीका अनुसार दुई जनाबीच रक्षा सम्झौता, एआई लगानी र गाजा युद्धबारे छलफल हुने अपेक्षा गरिएको छ।

भेटघाटमा प्रसिद्ध फुटबल खेलाडी रोनाल्डो पनि उपस्थित हुनेछन्।

एक अधिकारीले साउदी फुटबल क्लब अल-नासरका कप्तान क्रिस्टियानो रोनाल्डो पनि ह्वाइट हाउसमा उपस्थित हुने पुष्टि गरेका छन्।

भ्रमणअघि ट्रम्पले पत्रकारहरूलाई अमेरिकाले साउदी अरेबियालाई  एफ-३५ लडाकु विमान बेच्ने बताएका छन्।

उनले भने, 'उनीहरू हाम्रा सबैभन्दा राम्रा सहयोगी भएका छन्।'

सन् २०१८ मा साउदी एजेन्टहरूले पत्रकार जमाल खसोग्गीको हत्या गरेपछि साउदीका युवराज मोहम्मद बिन सलमानले पहिलोपटक अमेरिकाको भ्रमण गर्न लागेका हुन्। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरबका युवराज मोहम्मद बिन सलमान फाइल (फोटो)

अमेरिकी गुप्तचर अनुसन्धानले युवराज मोहम्मदले उक्त अपरेसनलाई अनुमोदन गरेको दाबी गरेको छ। तर उनले यो आरोप निरन्तर अस्वीकार गरिरहेका छन्।

भेटवार्तामा ट्रम्पले साउदीका युवराजलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउन दबाब पनि दिन सक्छन्, किनकि उनी गाजा युद्धपछि एक व्यापक मध्य पूर्व शान्ति सम्झौतामा पुग्ने प्रयास गरिरहेका छन्।

ट्रम्प र साउदी युवराजबीच यसअघि मे महिनामा रियादमा भेट भएको थियो। जहाँ साउदीलाई लगभग १४२ अर्ब डलरको हतियार बेच्न अमेरिका सहमत भएको थियो।

जसलाई ह्वाइट हाउसले इतिहासको 'सबैभन्दा ठूलो रक्षा सम्झौता' भनेको छ।

साउदी अरेबिया अमेरिकी हतियारको सबैभन्दा ठूलो खरिदकर्ता हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad