कारोबार


हिजो घटेको अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य आज थप घट्यो

हिजो घटेको अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य आज थप घट्यो

नेपालखबर
मंसिर ३, २०८२ बुधबार ५:२३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ। यी मुद्राको मूल्य हिजो पनि घटेको थियो। 

आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा थियो।

गएको कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दाा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५६ पैसा छ। हिजो युरो १ को खरिदर १६४ रुपैयाँ १८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ २९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०८ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६० पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७० पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३४ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ९५ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad