भारतको राजधानी दिल्लीमा कार बम विस्फोट गराएका भनिएका डा. उमर नबीका सहयोगी आमिर रसिद अलीलाई राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले पक्राउ गरेको छ।
एनआईएका अनुसार, आक्रमणमा प्रयोग गरिएको कार आमिर रसिद अलीको नाममा दर्ता गरिएको पाइएको छ।
एनआईएले आमिरलाई दिल्लीबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
जम्मु कश्मीरस्थित पम्पोरको सम्बुरा निवासी उनले उमरसँग मिलेर दिल्ली विस्फोट गराउने षड्यन्त्र रचेको दाबी गरिएको छ।
गत सोमबार अर्थात् नोभेम्बर १० साँझ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसननजिकै आई२० कार बम विस्फोट गराइएको थियो। जसमा परी अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने २० जना घाइते भएका छन्।
जम्मु कश्मीर प्रहरीले डा. उमर नबीसँग जोडिएका अरू पनि धेरै जनालाई पक्राउ गरेको छ।
489
Shares

प्रतिक्रिया