ग्लोबल


दक्षिण कोरियाको गुप्तचर एजेन्सीका पूर्व प्रमुख पक्राउ

दक्षिण कोरियाको गुप्तचर एजेन्सीका पूर्व प्रमुख पक्राउ

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १०:४२, काठमाडौँ

दक्षिण कोरियाको गुप्तचर एजेन्सीका पूर्व प्रमुखलाई कोरियाली प्रहरीले पक्राउ गरेको छ। 

गत डिसेम्बरमा महाभियोग लगाइएका राष्ट्रपति युन सुक-योललाई सघाएको आरोपमा पक्राउ गरिएको हो। सियोल केन्द्रीय जिल्ला अदालतले राष्ट्रिय गुप्तचर सेवाका पूर्व निर्देशक चो ताई–योङलाई पक्राउ गर्न वारेन्ट जारी गरिएको थियो। उनले प्रमाण नष्ट गर्ने जोखिम रहेको जनाउँदै पक्राउ गरिएको समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

युनको विद्रोह र अन्य आरोपको अनुसन्धान गर्ने विशेष वकील चो युन-सुकको टोलीले एनआइएस कानून उल्लङ्घन, कर्तव्य पालनामा लापरवाही, झुटो बयान, प्रमाण नष्ट गर्ने, झुटा आधिकारिक कागजातहरू सिर्जना गर्ने र झुटा बयान दिएको आरोपमा वारेन्ट माग गरेको थियो। चोलाई युनको टेलिभिजन मार्शल ल घोषणा हुनुभन्दा पहिले नै थाहा भए पनि राष्ट्रिय सभामा मार्शल ल योजना रिपोर्ट गर्न असफल भएको शंका गरिएको छ। 

गुप्तचर एजेन्सीका पूर्व प्रमुखलाई संसद् र संवैधानिक अदालतमा झुटा बयान दिएको पनि आरोप लगाइएको थियो। युनलाई जनवरी २६ मा विद्रोहको शंकास्पद नेताको रूपमा हिरासतमा राखिएको थियो। 
संवैधानिक अदालतले अप्रिल ४ मा युनलाई मार्शल ल लगाउन खोजेकोमा महाभियोग लगाउने प्रस्तावलाई समर्थन गरेको थियो। त्यसपछि उनलाई पदबाट हटाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad