ग्लोबल


नौ जनाको ज्यान जानेगरी दिल्लीमा भएको कार बम विस्फोटपछिका ७ दृश्य (तस्बिरहरू)

नौ जनाको ज्यान जानेगरी दिल्लीमा भएको कार बम विस्फोटपछिका ७ दृश्य (तस्बिरहरू)

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार ५:५४, काठमाडौँ

भारतको दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ कार बम विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ व्यक्ति घाइते भएका छन्। 

घटनापछि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

विस्फोट यति शक्तिशाली थियो कि नजिकैका अन्य छवटा कार, दुईवटा ई-रिक्सा र एउटा अटोसमेत जले। 

प्रहरीका अनुसार विस्फोट भएको कारमा तीन जना थिए। कार हरियाणाको गुरुग्राममा सलमान नामका व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ।

प्रहरीले सलमानलाई हिरासतमा लिएको छ। सलमानले कार पुलवामाका तारिकलाई बेचेका थिए, जसको खोजी भइरहेको छ।

हेर्नुहोस् विस्फोटपछिका केही तस्बिर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad