न्युयोर्कको ब्रुकलिनस्थित यहुदी धार्मिक विद्यालय (येसिवा) को स्तम्भ र झ्यालमा रातो स्वस्तिक चिह्न लेखिएपछि धार्मिक विवाद सिर्जना भएको छ।
न्युयोर्क सहरको मेयरमा जोहरान ममदानी निर्वाचित भएको केही घण्टापछि कुनै व्यक्तिले यहुदी धार्मिक विद्यालयको स्तम्भ र झ्यालमा स्वस्तिक चिह्न लेखिदिएको हो।
यसैबीच ममदानीले यस घटनामा प्रतिक्रिया दिएका छन्।
न्युयोर्क पोस्टका अनुसार, म्याकडोनाल्ड एभिन्युमा रहेको म्यागेन डेभिड येसिवाको झ्याल र स्तम्भमा रातो प्रतीक देखेपछि सुरक्षाकर्मीहरूले तुरुन्तै प्रहरीलाई बोलाए।
घटनाबारे जोहरान ममदानीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘यो यहुदीविरोधीको अत्यन्तै घृणित र हृदयविदारक कार्य हो, हाम्रो सुन्दर सहरमा यसको कुनै स्थान छैन।’
उनले अगाडि भनेका छन्, "मेयरका रूपमा म सहरबाट यस प्रकारको घृणालाई पूर्ण रूपमा उन्मूलन गर्न सधैँ हाम्रो यहुदी समुदायको साथ दृढतापूर्वक उभिनेछु।"
यस घटनामा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन।
Shares

प्रतिक्रिया