बेलायतको क्याम्ब्रिजसायरमा रेलभित्र चक्कुले हानेर १० जना घाइते बनाएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर छ। आक्रमण भएको रेल डोनकास्टरबाट किङ्स क्रस जाँदै थियो।
प्रहरीले शनिबार साँझ ७:४२ बजे (स्थानीय समय) घटनाको जानकारी पाएको थियो। घटनापछि रेल सेवा अवरुद्ध भएको छ।
लन्डन उत्तर पूर्वी रेलवेले यात्रुहरूलाई आफ्नो यात्रा स्थगन गर्न आग्रह गरेको छ र आइतबारको अन्त्यसम्म अवरोध हुने अनुमान गरिएको छ।
रेलमा रहेका एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार एक घाइते व्यक्ति उनको अगाडि दौडिँदै चिच्याए, ‘कसैसँग चक्कु छ।’
अर्का यात्रुले स्काई न्युजसँग भनेका छन्, ‘रेल पिटरबरोबाट छुटेको १० मिनेटपछि घटना भएको थियो र घाइतेहरू रेलमा चक्कु बोकेका व्यक्तिबाट भागिरहेका थिए।’
हन्टिङडनका सांसदले रेलमा आक्रमण पिटरबरो स्टेसनबाट छुटेपछि भएको बताएका छन्।
Shares

प्रतिक्रिया