ग्लोबल


प्रशान्त महासागरमा सन्दिग्ध डुंगामा अमेरिकी आक्रमण, २ जनाको मृत्यु

प्रशान्त महासागरमा सन्दिग्ध डुंगामा अमेरिकी आक्रमण, २ जनाको मृत्यु

नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार ८:३६, काठमाडौँ

अमेरिकी रक्षा विभागले प्रशान्त महासागरमा अमेरिकी सेनाले लागुऔषध तस्करी गर्ने शंकास्पद डुङ्गामा आक्रमण गरेको र दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ।

रक्षा सचिव पिट हेग्सेथले घटनाको पुष्टि गर्दै अमेरिकी सेनालाई कुनै क्षति नभएको बताए।

हेग्सेथका अनुसार, डुङ्गा अमेरिकी गुप्तचर निकायहरूको निगरानीमा थियो र अन्तर्राष्ट्रिय पानीमा लागुऔषधको खेप बोकेको विश्वास गरिएको थियो।

यो अपरेसन सेप्टेम्बर २ पछि सन्दिग्ध लागुऔषध डुङ्गाविरुद्ध आठौँ अमेरिकी अपरेसन हो, तर यो प्रशान्त महासागरमा पहिलोपटक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad