इजरायली सेनाले आज बिहान हमासबाट मुक्त गरिएका बन्धकहरूको पहिलो तस्बिर भर्खरै जारी गरेको छ।
तस्बिरमा रिहा भएपछि गाजा पट्टीमा एलोन ओहेलले इजरायली सेनालाई भेटेको, साथै जुम्ल्याहा दाजुभाइ गाली र जिभ बर्मनलाई अँगालो हालेको देखिन्छ।
गाली बर्मन र गाय गिल्बोआ-डाला पनि आज बिहान गाजामा इजरायली सैनिकहरूलाई भेटेको देखिन्छ।
थप तस्बिर-




आज २० जीवित बन्धक रिहा गर्ने वाचा गरेको हमासले पहिलो चरण ७ जनालाई मुक्त गरिसकेको छ।
आज बिहान पहिलो खेपमा माटन आङ्ग्रेस्ट, दाजुभाइ गाली र जिभ बर्मन, एलोन ओहेल, इटान मोर, ओम्री मिरान र गाय गिल्बोआ-दलाल हमासबाट मुक्त भएका हुन्।
अब दोस्रो चरण पनि छिट्टै बन्धक रिहा गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
दुर्भाग्य! आज रिहा हुने २० जनामा नेपालका विपिन जोशी परेका छैनन्।
474
Shares

प्रतिक्रिया