ग्लोबल


काश्मीरमा कम्तीमा १२ जनाको मृत्यु

काश्मीरमा कम्तीमा १२ जनाको मृत्यु

तस्बिरः एनडीटीभी


नेपालखबर
असोज १६, २०८२ बिहिबार २१:५०, काठमाडौँ

पाकिस्तान अधीनस्थ काश्मीरमा लगातार तेस्रो दिन भएको हिंसात्मक प्रदर्शनपछि मारिने सर्वसाधारणको संख्या १२ पुगेको छ। एनडीटीभीले स्रोतहरूलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार बाघ जिल्लाको धिरकोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने मुजफ्फराबादमा कम्तीमा दुई र मिरपुरमा दुई जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी नागरिक घाइते भएका छन्। 

पाकिस्तानी सरकारविरुद्ध भएको प्रदर्शनपछिको झडपमा तीन प्रहरीको पनि मृत्यु भएको विवरण यसअघि नै बाहिर आएको थियो। कम्तीमा नौ जना प्रहरी घाइते छन्। 

संयुक्त अवामी कार्य समितिको नेतृत्वमा विगत ७२ घण्टामा विशाल विरोध प्रदर्शनबाट प्रभावित भएको छ, जसमा बजार, पसल र स्थानीय व्यवसायहरू पूर्ण रूपमा बन्द गर्नुका साथै यातायात सेवाहरू पनि बन्द गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad