युक्रेनमा रुसले १२ घण्टाभन्दा बढी समयसम्म गरेको भारी हवाई आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सबै मृत्यु राजधानी किएभमा भएको बताए। जहाँ धेरैजसो आक्रमण भएका थिए र मारिनेमा १२ वर्षीया बालिका पनि छिन्।
रुसी वायुसेनाले सात युक्रेनी क्षेत्रतर्फ लगभग ६०० ड्रोन र धेरै दर्जन मिसाइल प्रहार गरिएको बताएको छ।
यसैबीच जेलेन्स्कीले युक्रेनले जवाफ दिने बताएका छन्।
रुसले लडाइँ र हत्या जारी राख्ने मनसाय देखाएको उनको भनाइ छ।
402
Shares

प्रतिक्रिया