लगभग आठ महिनादेखि अफगानिस्तानमा तालिबानको कब्जामा रहेका बेलायती जोडी रिहा भएका छन्।
बीबीसीका अनुसार पिटर रेनोल्ड्स (८०) र उनकी श्रीमती बार्बी (७६) लाई तालिबानले रिहा गरेको हो।
कतारको मध्यस्थतामा छुटेका जोडी पहिले कतार जानेछन्, जहाँ उनीहरूको स्वास्थ्य परीक्षण हुनेछ।
त्यसपछि उनीहरूलाई बेलायत पठाइनेछ।
उनीहरूको स्थायी घर अफगानिस्तानको बामियान प्रान्तमा हो। जहाँ उनीहरू २० वर्षदेखि बसेका थिए।
तालिबानले उक्त जोडीले अफगान कानुन उल्लंघन गरेको र अदालती प्रक्रियापछि रिहा गरिएको बताएको छ।
तर उनीहरूको गिरफ्तारीको वास्तविक कारण अहिलेसम्म बताइएको छैन।

पिटर र बार्बी रेनोल्ड्सले १९७० मा काबुलमा विवाह गरेका थिए। उनीहरूले १८ वर्षदेखि उनीहरूले अफगानिस्तानमा एक परोपकारी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए, जुन २०२१ मा तालिबान सत्तामा आएपछि पनि स्थानीय अधिकारीले अनुमोदन गरेका थिए।
परिवारका अनुसार, दम्पतीलाई अफगानिस्तानप्रति गहिरो स्नेह थियो। त्यसैले अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि पनि उनीहरूले त्यहाँ बस्ने निर्णय गरे, यद्यपि त्यतिबेला धेरैजसो पश्चिमी नागरिकले देश छोडेका थिए।
Shares

प्रतिक्रिया