ग्लोबल


ट्रम्पका व्यापार सल्लाहकारको आरोप: रुसको तेलबाट भारतका ब्राह्मणहरूले नाफा कमाइरहेका छन्

ट्रम्पका व्यापार सल्लाहकारको आरोप: रुसको तेलबाट भारतका ब्राह्मणहरूले नाफा कमाइरहेका छन्

फाइल तस्बिर : डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारो


नेपालखबर
भदौ १६, २०८२ सोमबार १९:४६, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले रुसबाट तेल किनेर भारतका ब्राह्मणहरूले नाफा कमाइरहेको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘रुसी तेलबाट भारतीय ब्राह्मणहरूले नाफा कमाइरहेका छन्, जसको मूल्यचाहिँ सिँगो भारतले चुकाइरहनुपरेको छ।’

नभारोले भारतले रुसबाट तेल किनेर युक्रेनमा आक्रमण गर्न पैसा दिइरहेको आरोप लगाएका छन्। 

उनले भने, ‘त्यसैले सबैभन्दा बढी भन्सार महसुल तिरिरहेको छ। यसले रुस र अमेरिकालाई हानि पुर्‍याइरहेको छैन, यसले त आम भारतीयलाई हानि पुर्‍याइरहेको छ। उनीहरूले यो कुरा बुझ्नुपर्छ।’

नभारोले भारतलाई 'रुसको धुने मेसिन'को संज्ञा दिँदै भारतले व्यापार असन्तुलन बढाइरहेको मात्र नभई अमेरिकाको हितविरुद्ध रहेका गठबन्धनलाई पनि बलियो बनाइरहेको आरोप लगाए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad