ग्लोबल


ल्हासा पुगेर सी चिनफिङले गरे एकताको आह्वान, तिब्बतको ६०औँ वर्षगाँठमा सहभागी

ल्हासा पुगेर सी चिनफिङले गरे एकताको आह्वान, तिब्बतको ६०औँ वर्षगाँठमा सहभागी

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १६:२७,

तिब्बत स्वशासित क्षेत्रको ६० औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ल्हासा भ्रमण गरेका छन्। राष्ट्रपतिका रुपमा सी दोस्रो पटक मात्रै तिब्बत पुगेका हुन्।

वर्षगाँठ समारोहमा उपस्थित २० हजार मानिसलाई उनले एकताका लागि आह्वान गरे। पृथकतावादविरुद्ध संघर्ष गरेको भन्दै उनले स्थानीय सरकारको प्रशंसा पनि गरे।

बुधबार मध्यान्न उनी वाङ हुनिङ, काइ छी, उपप्रधानमन्त्री हे लिफेङलगायतका नेतासहित ल्हासा ओर्लिएका थिए।

पोताला दरबारअगाडिको भव्य कार्यक्रमलाई सम्बोधन गर्दै सीले भने, ‘तिब्बतको सुशासन, स्थायित्व र विकासका लागि गर्नुपर्ने प्रमुख काम भनेको राजनीतिक स्थिरता, सामाजिक स्थिरता, जातीय एकता र धार्मिक सहिष्णुता हुन्।’

भारतमा निर्वासित दलाई लामाले आफ्नो उत्तराधिकारी आफ्नै कार्यालयले छान्ने बताएको दुई महिनापछि सीले तिब्बतको भ्रमण गरेका हुन्। चीनले दलाई लामालाई पृथकतावादी मान्दै आएको छ। 

सीले तिब्बती बौद्ध धर्मलाई समाजवादी समाजअनुकूल बनाउन र धार्मिक मामिलासम्बन्धी नियमहरुको कार्यान्वयनमा ध्यान दिन आह्वान पनि गरे। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad