राजनीति


नागरिकता संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित

नागरिकता संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १६:३१, काठमाडौँ

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री रमेश लेखकले पारित गर्न राखेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको घोषणा गरे। 

यसअघि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले विधेयक सरकारले प्रश्तुत गरेको भन्दा उन्नत, व्यवहारिक, पारदर्शी बनाएर संसदले अघि बढाएको बताए। 

विधेयक पारित गरेर आफूहरुले ऐतिहासिक प्रस्थान गरेको जिकिर गरे। आमा पनि वंश हो भन्नेकुरा व्यवहारिक रुपमा स्थापना गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad