नर्वेली राजकुमारीका छोरा मारियस बोर्ग होइबी (२८) लाई बलात्कारका चार अभियोगसहित कुल ३२ अपराधमा मुद्दा दर्ता गरिएको छ। यो जानकारी अभियोजन पक्षले दिएको हो।
होइबीलाई आफ्ना एक साथीलाई यौन दुर्व्यवहार गरेको र अर्का पूर्वसाथीसँग धेरै कानुन उल्लंघन गरेको आरोप लगाइएको छ।
मारियस बोर्ग होइबीको जन्म युवराज्ञी मेट्टे-मारिटको विवाहअघिको सम्बन्धबाट भएको थियो। यसपछि राजकुमारीले राजकुमार हाकोनसँग विवाह गरिन्।
होइबीले आफूविरुद्ध लगाइएका सबैभन्दा गम्भीर आरोप अस्वीकार गरेका छन्।
उनका वकिल पेटार सेकुलिकले समाचार एजेन्सी रोयटर्ससँग होइबीलाई सकेसम्म कम मात्र सजाय मात्र होस् भन्ने प्रयास गर्ने बताएका छन्।
गम्भीर आरोप प्रमाणित भएमा होइबीलाई १० वर्षसम्म जले सजाय हुन सक्छ।
117
Shares

प्रतिक्रिया