ग्लोबल


बेलायतमा नेपालीका कारमा मध्यराति श्रृंखलाबद्ध आगजनी, कोरोनासँग जोडिएको जातीय घृणा हमलाको आशंका

बेलायतमा नेपालीका कारमा मध्यराति श्रृंखलाबद्ध आगजनी, कोरोनासँग जोडिएको जातीय घृणा हमलाको आशंका

प्रजय शुक्ल
बैशाख ४ ,

वेलायतको लण्डनबाट दक्षिणपूर्वमा अवस्थित मेडिस्टोनमा मध्यराति नेपालीहरुका पार्किङमा रहेका कारहरुमा श्रृंखलाबद्ध आगजनी भएको छ। सो घटनालाई कोरोनासित गाँसिएको जातिय घृणाको रुपमा हेरिएको छ।

राति करिब ११ बजेपछि विष्फोटको आवाज सुनेपछि बाहिर निस्केर हेर्दा परिवार सदस्यहरुले आ-आफ्नो कार जलिरहेको पाएका हुन्। मेडिस्टोनको एम्स्टोन लेनमा भएको सो घटनामा पूर्व गोर्खा सैनिक रामकुमार लिम्बुको कारमा क्षति पुगेको छ।

पहिलो घटना भएको एक घण्टापछि नजिकैको फान्ट लेनमा अर्को कार पनि जलाइएको थियो। सो कार पनि नेपाली परिवारकै हो।

सो घटनापछि पूर्व गोरखा सैनिकको परिवार थप आक्रमण हुनसक्ने डरले भयभित छन्।

रामकुमार लिम्बुकी भतिजीले कोरोना भाइरसको महामारी शुरु भएपछि सो क्षेत्रमा नेपालीप्रति जातीय द्वेष बढेको बताइन्। उनले आफ्ना पितालाई किनमेलका लागि निस्किँदा पनि सुरक्षित रहन सल्लाह दिने गरेको उल्लेख गरिन्।

'एक घण्टा हिँड्न बाहिर निस्कँदा चाइनिज तिम्रो देश जाउ, चमेरा खान छोड भनिने गरेको थियो', उनले सुनाइन्। आगजनीपछिको त्रासका कारण अब कार आफ्नो घरमा नराख्रे अन्यत्र नै पार्किङमा राख्रने उनले सुनाइन्।

मेडिस्टोनका नेपाली मूलका काउन्सिलर दिनेश खड्काले सो घटनाको केन्ट प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए। खड्काले सो घटना नेपाली समुदाय र मेडिस्टोनबासीकै लागि दुःखद रहेको सुनाए।

महामारीको बेलामा सबै मिलेर एकसाथ काम गर्नुपर्ने र एकले अर्कालाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो। मेडिस्टोनमा गोर्खाहरुको ब्यारेक रहनुका साथै पूर्व गोर्खाहरुको बाक्लो बसोबास छ।

घटनाबारे कुरा गर्दै मेडिस्टोनका काउन्सलिर खड्काले सो घटना कोरोना भाइरसको महामारीपछि उत्पन्न जातीय घृणाको उपज हुनसक्ने बताए। ‘केही सीमित मानिसहरुले यस्ता महामारीको दोषारोपण कुनै समुदायमाथि गर्न प्रयास गर्ने र दुर्व्यवहारका घटना युकेमा रहेका नेपालीमाथि हुनसक्ने भएकाले सजग रहनु पर्दछ’, उनले भने। घटनाको काउन्सिल लिडर तथा केन्ट प्रहरीले नियमित अनुगमन गरिरहेको छ।

बैशाख ४, २०७७, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad