ग्लोबल


राहुल गान्धी पक्राउ

राहुल गान्धी पक्राउ

नेपालखबर
साउन २६, २०८२ सोमबार १५:०, काठमाडौँ

भारतकाे प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन्। 

मतदाता सूचीको विषयलाई लिएर विपक्षी सांसदहरूको नेतृत्व गर्दै निर्वाचन आयोगमा विरोध प्रदर्शनमा जान लागेका उनलाई प्रहरीले सोमबार हिरासतमा लिएको बीबीसी हिन्दीले बताएको छ। 

प्रहरीले भने आयोगमा जाने सांसदको संख्या धेरै भएका कारण सांसदहरुलाई हिरासतमा लिनु परेको दाबी गरेको छ। निर्वाचन आयोगमा ३० जना जान सक्ने भए पनि सांसदहरुको संख्या त्यो भन्दा बढी भएकाले हिरासतमा लिनु परेको प्रहरीको भनाइ छ।

प्रमुख विपक्षी दलका नेता समेत रहेका गान्धीले लोकसभामा केही दिनअघि निर्वाचनमा सरकारले गडबडी गरेको र त्यसलाई आयोगले साथ दिएको बिषय उठाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad