रुससँग हुने कुनै पनि शान्ति वार्तामा युक्रेनलाई पनि सहभागी गराइनुपर्ने उसका युक्रेनका युरोपेली सहयोगीहरूले बताएका छन्।
उनीहरूले युक्रेनबिना गरिने कुनै पनि छलफल शान्ति वार्ता हुन नसक्ने चेतावनी दिएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामका लागि आगामी शक्रबार अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने तयारी गरिरहेका बेला उक्त अभिव्यक्ति आएको हो।
बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्यान्ड, फिनल्यान्ड र युरोपेली संघका नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनबिना त्यहाँ शान्तिको बाटो खोल्न सकिँदैन।’
ट्रम्प र पुटिनबीच हुने भनिएको वार्तामा युक्रेनलाई अझै आमन्त्रण गरिएको छैन।
यसबाट चिन्तित युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशबिना हुने कुनै पनि सम्झौता ‘अमान्य’ हुने बताएका छन्।
ह्वाइट हाउसका एक अधिकारीले भने आफ्ना राष्ट्रपति ट्रम्प जेलेन्स्कीसमेत त्रिपक्षीय बैठक गर्न इच्छुक रहेको तर पुटिनको इच्छाअनुसार जुलाई १५ मा दुई जनाबीच मात्र वार्ता गर्न लागिएको बताएका छन्। बीबीसी
Shares

प्रतिक्रिया