राजनीति


संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसक्यो, अब जनताले बुझिसके : जबरा

संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसक्यो, अब जनताले बुझिसके : जबरा

नेपालखबर
साउन २२, २०८२ बिहिबार ११:४१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको टिप्पणी गरेका छन्।

नेपाल झनझन गिरबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको भन्दै उनले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरुको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताए।

‘यो गणतन्त्र व्यवस्था, यो संघीयता, पूर्ण रुपले असफल भइसकेको छ। यो राष्ट्र झनझन गरिबीको रेखामुनि, झनझन भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ,’ राणाले भने, ‘जनता पूर्ण रुपमा निराश भइसकेका छन्। नेपालीको भाग्य र भरोसा अर्काको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प छैन। असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर छौँ। अगुवाई गरिरहेका छौँ, नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव हुन्छ। नेपाली जनताले विस्तारै संघीयता र गणतन्त्र असफल भएको महशुस गरेकै छ। यसलाई परिवर्तन गर्नुपर्छ भनेर नेपाली जनताले सोच बनाइरहेको छ। अघि बढेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad