अमेरिकाको न्युयोर्क सहरमा भएको गोलीकाण्डमा मारिएकाको संख्या चार पुगेको छ।
न्युयोर्कका मेयर एरिक एडम्सले मृतकमा एक प्रहरी अधिकारी पनि रहेको बताएका छन्।
सीबीएस न्युजका अनुसार, ड्युटीमा नभएका तर भवनको सुरक्षामा रहेका दुई प्रहरी अधिकारीलाई गोली लागेको थियो।
तीमध्ये एकजनाको मृत्यु भएको हो भने अर्का गम्भीर घाइते भएका छन्।
न्युयोर्क प्रहरी स्रोतले अमेरिकी मिडियालाई बताएअनुसार आक्रमणकारीको नाम सेन डी तामुरा हो।
सीबीएस न्युजले सीसीटीभी क्यामेराले ती व्यक्तिको तस्बिर पनि कैद गरेको छ।
1.6k
Shares

प्रतिक्रिया