ग्लोबल


६० जना सवार इन्डिगो विमान उड्नै लाग्दा इन्जिनमा लाग्यो आगो

६० जना सवार इन्डिगो विमान उड्नै लाग्दा इन्जिनमा लाग्यो आगो

नेपालखबर
साउन ७, २०८२ बुधबार २१:१७, काठमाडौँ

बुधबार भारतको अहमदाबादबाट दिवका लागि उडेको इन्डिगोको उडान एटीआर७६ को इन्जिनमा आगलागी भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा ६० जना यात्रु थिए। विमान रनवेमा उडान भर्ने तयारीमा थियो, त्यतिबेला पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई आपत्‌कालीन 'मेडे' कल पठाए र उडान रोकियो।

यो दुर्घटना बिहान ११ बजेतिर भएको थियो। यसपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको छ।

यसको एक दिनअघि मंगलबार पनि हङकङबाट आएको एयर इन्डियाको उडान-३१५ को सहायक पावर युनिट (एपीयू) मा दिल्ली विमानस्थलमा अवतरण गर्नेबित्तिकै आगो लागेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad