ad ad

ग्लोबल


बेलायतमा अर्का पूर्व गोरखा सैनिकको मृत्यु, कोरोनाबाट १० नेपालीले ज्यान गुमाए

बेलायतमा अर्का पूर्व गोरखा सैनिकको मृत्यु, कोरोनाबाट १० नेपालीले ज्यान गुमाए

प्रजय शुक्ल
बैशाख १, २०७७ सोमबार १४:३२,

कोरोनाको संक्रमणबाट बेलायतमा पूर्व गोरखा ६५ वर्षीय लक्षीनबहादुर गुरुङको सोमबार बिहान मृत्यु भएको छ।

गुरुङसहित बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १० पुगेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। केही दिनयता दिनदिनै नेपालीको मृत्यु भएको खबर आइरहेको छ।

पुर्खौली घर कास्की घान्द्रुकका गुरुङ लन्डनमा घरमै सेल्फ आइसोसेसनमा बसिरहेका बेला श्वास फेर्न गाह्रो भएपछि करिब १० दिनअघि अस्पताल भर्ना भएका थिए। लन्डनको रोयल बक्सायर अस्पताल रेडिङमा गुरुङको मृत्यु भएको हो।

गुरुङ रेडिङ बुद्धिष्ट गुम्बाका आजिवन सदस्य र घान्द्रुक रेडिङ समाज युकेका अध्यक्ष थिए। पारिवारिक स्रोतका अनुसार उनमा विगतमा कुनै स्वास्थ्य समस्या थिएन।

गुरुङका श्रीमती र तीन छोरीहरु लन्डनमै छन्। परिवारको सबैको परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको पनि पारिवारिक स्रोतले जनाएको छ।

पोखराको दीपमा पनि घर भएका गुरुङ लामो समयदेखि परिवारसहित बेलायत बस्दै आएका थिए। उनी फुटबल खेलाडी पनि हुन्। पोखरामा रहँदा उनले गण्डकी टिममा सामेल भई फुटबल खेलेको उनका समकालीन मिलेन्द्र गुरुङले जानकारी दिए।

लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले बेलायतमा सोमबारसम्म १० जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको बताए।

‘कोरोनाबाट नेपालीको मृत्युको संख्या दिनहुँ बढिरहेकोे छ, यो दुखद अवस्था हो’, उनले भने ‘मृतकका सबै परिवारजनप्रति संवेदना प्रकट गर्दछु र घरमै सुरक्षित रहन सबैलाई आग्रह पनि गर्दछु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .