ad ad

समाज


जुम्ल्याहाले पाए कोरोना र भाइरस नाम

जुम्ल्याहाले पाए कोरोना र भाइरस नाम

नेपालखबर
बैशाख १, २०७७ सोमबार १४:१२,

हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ।

विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्।

अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको कोरोना र पछि जन्मेको छोराको नाम भाइरस राखिएका छन्। सो नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ।

जन्मिँदा कोरानाको तौल दुई हजार पाँच सय ग्राम र भाइरसको एक हजार सात सय ग्राम रहेको अनमी बोहराले जानकारी दिइन्। अहिले जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य सामान्य छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .