ग्लोबल


बेलायतमा लेबर पार्टीका पूर्वनेता जेरेमी कोर्बिनले वैकल्पिक दल खोल्ने

बेलायतमा लेबर पार्टीका पूर्वनेता जेरेमी कोर्बिनले वैकल्पिक दल खोल्ने

नेपालखबर
असार २०, २०८२ शुक्रबार १८:४४,

बेलायतको लेबर पार्टीका पूर्वनेता जेरेमी कोर्बिनले वैकल्पिक पार्टी खोल्ने घोषणा गरेका छन्। उनले सांसद जारा सुल्तानाका साथमा सो पार्टी खोल्न लागेका हुन्। 

कोर्बिनलाई पाँच वर्षअघि वर्तमान प्रधानमन्त्री किअर स्टार्मरले पार्टीबाट निकालेका थिए। सुल्तानाले बिहीबार सो पार्टीबाट राजीनामा गरेकी छिन्।

कोर्बिनले शुक्रबार सामाजिक सञ्जालमार्फत चुनावको एक वर्षमा लेबर पार्टीको सरकारले कुनै परिवर्तन महसुस गराउन नसकेको भन्दै सुल्तानाले वास्तविक विकल्प निर्माण गर्न सघाउने बताएका छन्। 

उनीहरूको नयाँ पार्टीको नाम अझै सार्वजनिक गरिएको छैन। तर, यो वामपन्थी पार्टीमा स्वतन्त्र सांसद र अभियन्ताहरू अटाउने सुल्तानाको भनाइ छ।

यसले वामपन्थी खेमामा पनि फुट ल्याउने देखिएको छ। जसरी दक्षिणपन्थीहरू कन्जरभेटिव र रिफर्म यूकेमा विभाजित छन्।

हालैको एउटा सर्वेक्षेणले नयाँ वामपन्थी पार्टीले १० प्रतिशत मत जित्न सक्ने देखाएको छ। त्यसो भएमा लेबर पार्टीलाई ठूलो धक्का लाग्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad