मंगलबार बिहान भारत प्रयागराजबाट बेंगलुरु उड्नै लागेको इन्डिगोको ६ई-६०३६ नम्बरको विमान अचानक रोकिएको छ।
यात्रुहरूका अनुसार, विमानमा पेट्रोलजस्तो गन्ध आएपछि उडान तुरुन्तै रोकिएको हो।
यात्रु एनएलएसआईयू बैंगलोरका एक विद्यार्थीका अनुसार विमानमा चढेको धेरै समयसम्म पनि उडान भएन भने यात्रुहरूलाई सुरक्षा जाँच भइरहेको र कुनै खतरा नभएको जानकारी दिइयो।
यस क्रममा केही यात्रुले क्याबिनमा पेट्रोलजस्तो गन्ध आएको गुनासो गरे। त्यसपछि पाइलटले प्राविधिक कारण उडान ढिलो भइरहेको घोषणा गरे।
यसैबीच ४-५ जना एयरलाइन्स कर्मचारी ककपिटमा गए र पाइलटसँग छलफल गरेपछि सबै यात्रु आफ्नो सामान लिएर बाहिर निस्कनुपर्ने निर्णय गरियो। अनि केही समयपछि उडान रद्द गर्ने औपचारिक घोषणा गरियो।
इन्डिगोका कर्मचारीहरूका अनुसार दिल्ली, मुम्बई, वाराणसी र लखनऊजस्ता नजिकैका सहरहरूबाट वैकल्पिक विमानको व्यवस्था गरिएको छ।
Shares

प्रतिक्रिया