भारतीय प्रान्त तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एक रासायनिक कारखानाको रिएक्टरमा विस्फोट हुँदा १० जना कामदारको मृत्यु भएको छ। १५ देखि २० जनासम्म घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार आज (सोमबार) बिहान भएको विस्फोटमा मृतकको संख्या बढ्न सक्छ। त्यहाँ अझै धेरै मानिस फसेको बताइएको छ।
दुर्घटना बिहान ७ बजे पासुमिल्लाराममा रहेको सिगाची रासायनिक कारखानमा भएको हो।
विस्फोटपछि कामदारहरू कारखानाबाट बाहिर निस्किरहेको देखिएको थियो।
विस्फोटको कारण थाहा भइसकेको छैन।
870
Shares

प्रतिक्रिया