राजनीति


नेविसंघका अधिवेशन पक्षधरले कांग्रेस कार्यालयमा गरे प्रदर्शन (तस्बिरहरू)

नेविसंघका अधिवेशन पक्षधरले कांग्रेस कार्यालयमा गरे प्रदर्शन (तस्बिरहरू)

नेपालखबर
असार १६, २०८२ सोमबार १२:४२, काठमाडौँ

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अधिवेशन पक्षधरहरुले प्रदर्शन गरेका छन्। 

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उनीहरुले समयमै पार्टीको अधिवेशन हुनुपर्ने माग राखेर प्रदर्शन गेका हुन्। प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले ‘म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले?’, ‘म मेरो पार्टीले वन्धक बनएको नेविसंघ’, ‘म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ’ जस्ता प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन्। 

उनीहरुले कालो कपडाले शरीर र मुख छोपेर विरोध जनाएका छन्। मातृ पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेविसंघ नेतृत्वलाई पदमुक्त गरी विधान बमोजिम नयाँ कार्यसमिति गठन गर्न माग गरेका छन्। 

सभापति र पार्टीका पदाधिकारीहरुलाई नर्सरी मासेर बगैँचा बनाउँछौँ भन्ने खोक्रो भाषण नदिन आग्रह गर्दै र अधिवेशन हुने कुनै आधारबिना म्याद थप किन गर्ने भन्दै प्रश्न गरेका छन्। 


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad