ad ad

ग्लोबल


बेलायतमा थप दुई नेपालीको काेरोनाका कारण मृत्यु

बेलायतमा थप दुई नेपालीको काेरोनाका कारण मृत्यु

प्रजय शुक्ल
चैत २७, २०७६ बिहिबार १२:५,

बेलायतको नट्टिघममा बस्दै आएका ५८ वर्षीय भूतपूर्व गोरखा सैनिक शिव श्रेष्ठको बुधबार निधन भएको छ। सोलुखुम्बु पुर्ख्यौली घर भएका श्रेष्ठलाई श्वास फेर्न असजिलो भएपछि एम्बुलेन्समा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले परिवारलाई जानकारी दिएको थियो।

श्रेष्ठलाई यसअघि कुनै स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले जनाएको छ।

श्रेष्ठको मृत्यु कोरोनाका कारण हो कि होइन भन्ने जानकारी चिकित्सकले केही दिनमा गराउने नट्टिघन नेपाली समाजका सल्लाहकार रणबहादुर केसीले बताएका छन्। केसीका अनुसार श्रेष्ठको परिवारलाई हाल आइसोलेसनमा बस्न भनिएको छ। उनका श्रीमती र दुई छोरा रहेका छन्। उनी नेपाली समाज नट्टिघमका संस्थापक सदस्य पनि थिए।

यस्तै, पारिवारिक भेटघाट तथा नातिको विवाहमा बेलायत आएका अर्का एक ७० वर्षीय नेपालीको लण्डनमा मृत्यु भएको छ। स्रोतका अनुसार उनको लण्डनस्थित नर्थविक पार्क अस्पतालमा बुधबार निधन भएको हो।

कोरोना संक्रमणका कारण उनको निधन भएको आशंका गरिएको छ। मृतकका परिवारले उनको परिचय खुलाउन चाहेका छैनन्। उनी श्रीमतीसहित युके आए पछि छोराबुहारीका साथमा लण्डन बस्दै आएका थिए।

यसअघि पर्वत स्थायी घर भएका ५९ वर्षीय भूतपूर्व गाेरखा सैनिक चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको समाचार आएकाे थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .