इरानको आणविक कार्यक्रममा अमेरिकाले आक्रमण गरेपछि रुसले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्य समाप्त गरेको छ।
आईएईए विभिन्न देशका आणविक कार्यक्रमको निगरानी गर्ने संयुक्त राष्ट्रसंघीय संस्था हो।
रुसका राष्ट्रपति भवनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यो निर्णय इरानका आणविक स्थलहरूमा बिनाकारण गरिएको आक्रमणको परिणाम हो।’
‘वर्तमान परिस्थितिका कारण आईएईएको विश्वसनीयतामा गम्भीर क्षति पुगेको छ। यो अवस्था चिन्ताको विषय हो।’
रुसलाई इरानको सहयोगीका रूपमा हेरिएको छ। रुसले इरानमा हालै भएको आक्रमणको निन्दा पनि गरेको छ।
यद्यपि यस हप्ताको सुरुमा दिमित्री पेस्कोभले इरानविरुद्ध आक्रमणले अमेरिका-रुस द्विपक्षीय सम्बन्धमा असर पर्ने सम्भावना नरहेको दाबी गरेका थिए।
अमेरिकाले गत शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको थियो।
त्यसो त यसबीच आक्रमणले इरानको आणविक कार्यक्रम नष्ट नभएको रिपोर्ट पनि सार्वजनिक भएको छ।
तर अमेरिकाले यसको खण्डन गरेको छ।
Shares

प्रतिक्रिया