ग्लोबल


अमेरिकाको आक्रमणपछि इरानका राष्ट्रपति र मोदीबीच ४५ मिनेट फोनवार्ता

अमेरिकाको आक्रमणपछि इरानका राष्ट्रपति र मोदीबीच ४५ मिनेट फोनवार्ता

फाइल तस्बिर: इरानी राष्ट्रपति मसुद पेजेस्कियानर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी


नेपालखबर
असार ८, २०८२ आइतबार २१:२०, काठमाडौँ

अमेरिकाले इरानमा बमले हमला गरेको केही घण्टापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच फोनवार्ता भएको छ। 

इरानका प्रधानमन्त्रीसँग फोनमा कुरा गरेको जानकारी मोदीले एक्स पोस्टमार्फत दिएका हुन्।

उनले लेखेका छन्, 'मैले इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग कुरा गरेँ। हामीले वर्तमान अवस्थाबारे विस्तृत रूपमा छलफल गर्‍यौँ। मैले सैन्य द्वन्द्वमा गहिरो चिन्ता व्यक्त गरेँ र तनाव कम गर्न वार्ता र कूटनीतिको बाटो तुरुन्तै अपनाउन आफ्नो आह्वान दोहोर्‍याएँ। मैले क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरताको चाँडै पुनर्स्थापनाको माग गरेँ।'

भारतीय सञ्चारमाध्यमकाे दाबीअनुसार फोन इरानका राष्ट्रपति पेजेस्कियानले प्रधानमन्त्री मोदीलाई गरेका थिए।

यस क्रममा राष्ट्रपति पेजेस्कियानले वर्तमान अवस्थाबारे प्रधानमन्त्री मोदीलाई विस्तृत जानकारी दिए। फोनमा कुराकानी ४५ मिनेटसम्म चलेको थियो। 

इरानी राष्ट्रपतिले भारतलाई क्षेत्रीय शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धन गर्ने मित्र र साझेदारका रूपमा वर्णन गरे र तनाव कम गर्न, संवाद र कूटनीतिका लागि भारतको अडान र आह्वानका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए।

उनले क्षेत्रीय शान्ति र स्थायित्व पुनर्स्थापनामा भारतको आवाज र भूमिका महत्त्वपूर्ण रहेको बताए।

इजरायलसँग युद्ध गरिररहेको इरानमा अमेरिकाले गएराति हमला गरेको हो। 

इरानस्थित फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।  

इरान अझै शान्तिको बाटोमा नआए थप ठूला हमला गरिने चेतावनी ट्रम्पले दिएका छन्। 

यसैबीच संयुक्त राष्ट्रसंघले इरानमा अमेरिकाको आक्रमणप्रति गम्भीर चिन्ता प्रकट गरेको छ। 

सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ।

यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।

उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ। 

यहीबीच अमेरिकाले पनि इरानमा आक्रमण थालेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad