अहमदाबादमा भएको विमान दुर्घटनापछि भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले एयर इन्डियाका ३ अधिकारीलाई हटाउन आदेश दिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उड्डयन सुरक्षा प्रोटोकलको गम्भीर उल्लंघन गरेको आरोपमा डिभिजनल भाइस प्रेसिडेन्ट चुडा सिंह, चालक दलको तालिका बनाउने प्रमुख प्रबन्धक पिंकी मित्तल र चालक दलको तालिका योजनामा संलग्न पायल अरोरालाई हटाउन आदेश दिइएको हो।
साथै यी तीन जनाविरुद्ध आन्तरिक अनुशासनात्मक कारबाही गर्न पनि डीजीसीएले निर्देशन दिएको छ। अनि कारबाही गरिएको प्रतिवेदन १० दिनभित्र दिन बुझाउन भनिको छ।
डीजीसीएले भविष्यमा चालक दलको तालिका, इजाजतपत्र वा उडान समयसँग सम्बन्धित कुनै पनि नियम उल्लंघन भएको पाइएमा कडा कारबाही गरिने चेतावनी पनि दिएको छ। यसमा जरिवाना, लाइसेन्स निलम्बन वा अपरेटर अनुमति रद्द गरिनेछ।
यही जुन महिनाको २ तारिख दिउँसो अहमदाबादस्थित विमानस्थलबाट एयर इन्डियाको उडान एआई-१७१ (७८७-८ बोइङ ड्रिमलाइनर) विमान उडेको केही बेरमै बीजे मेडिकल कलेज र सिभिल अस्पतालको होस्टेल भवनमा ठोकिँदै खसेको थियो।
दुर्घटनामा विमानमा सवार २४१ र भवनमा रहेका ३४ जना गरी जम्मा २७५ व्यक्तिको मृत्यु भएको थियो। त्यसो त सबैको डीएनए परीक्षणपछि मात्र मृतकको संख्या स्पष्ट हुने अस्पताल व्यवस्थापनले जनाएको छ।
Shares

प्रतिक्रिया