इजरायलको आक्रमणमा परी इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सल्लाहकार तथा देशका पूर्वसुरक्षा प्रमुख अली शामखानी घाइते भएका छन्।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार, उनी इजरायलले सुरुमा जुन १३ तारिख तेहरानमा गरेको आक्रमणमा परेर पनि बाँच्न सफल भएका हुन्।
समाचार एजेन्सी आईआरएनएका अनुसार, शामखानी हाल अस्पतालमा उपचाररत छन् र अवस्था स्थिर छ।
आज बिहान उनले आफ्नो एक्स अकाउन्ट पोस्टमा आफू आक्रमणमा घाइते भए पनि बाँच्न सफल भएको बताएका छन्।
पोस्टमा उनले लेखेका छन्, ‘मेरो भाग्य थियो- म बाँचेँ। शत्रुले अझै पनि मलाई घृणा गर्छ। म इरानका लागि सयपटक आफूलाई बलिदान दिन सक्छु।’
इजरायलले जुन १३ मा इरानमा हवाई हमला गरेयता दुई देशबीच युद्ध जारी छ। यसबीच दुवैतर्फ धेरै जनाको मृत्यु भइसकेको छ भने कैयाैँ घाइते भएका छन्।
Shares

प्रतिक्रिया