ad ad

ग्लोबल


बेलायतमा कारोनाबाट एकै दिनमा ९३६ को मृत्यु

बेलायतमा कारोनाबाट एकै दिनमा ९३६ को मृत्यु

प्रजय शुक्ल
चैत २६, २०७६ बुधबार १५:१६,

बेलायतमा कारोना संक्रमणबाट बुधबार ९ सय ३६ जनाले ज्यान गुमाएका छन्। यो संख्या बेलायतमा एकै दिनमा कोरोनाबाट मृत्यु भएको अहिलेसम्मकै उच्च हो।

कारोना संक्रमणबाट बेलायतलमा हालसम्म ७ हजार ९५ जनाको मृत्यु भएको छ। ५५ हजारभन्दा बढी संक्रमित छन्। विश्व प्रसिद्ध डाटा अन्वेषक दि इस्टिच्यूट अफ हेल्थ मेटिक्स एण्ड इभ्यालुएसन (आईएचएमई) ले हालै प्रकाशित गरेको प्रतिवेदनमा बेलायत कारोना संक्रमणमा अरु युरोपेली देशहरुभन्दा खराब स्थितिमा पुग्ने उल्लेख छ।

बेलायतमा ६६ हजार मानिसको मृत्यु हुनसक्ने आईएचएमईले अनुमान गरेको छ। सो अनुसन्धान स‌ंस्थाको विश्लेषणअनुसार अगस्ट महिनासम्ममा यो रोगका कारण प्रतिदिन करिब ३ हजार मानिसको मृत्यु हुनसक्छ। लकडाउन गर्न ढिलाई गरेका कारण स्थिति खराब भएको उसले औंल्याएको छ।

तर इम्पेरियल कलेज अफ लण्डनका प्रोफेसर निल फरग्युसन आईएचएमईको तथ्याङ्कप्रति सहमत छैनन्। उनी भन्छन्, 'आईएचएमईले परिस्थितिलाई अतिरन्जित गरेको छ। उसको तथ्यांक अस्पताल भर्ना भएका र मृत्यु संख्याभन्दा करिब दुई गुणा बढी छ।'

आईएचएमइले कोरोनाबाट अमेरिकामा ८१ हजार ७ सय ६६ को मृत्यु हुने जनाएको छ। इटलीमा २० हजार ३ सय १४, स्पेनमा १९ हजार २ सय ९, फ्रान्समा १५ हजार ५८ र जर्मनीमा ८ हजार ८ सय २ जनाको मृत्यु हुन सक्ने अनुमान गरेको छ।

बेलायतमा मृत्यु हुनेहरुमा ५ वर्षको बच्चादेखि १०३ वर्षका मानिसहरुसम्म छन्। कोरोनाको संक्रमण फैलिन थालेपछि बेलायतमा लकडाउन गरिएकको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .