ग्लोबल


अहमदाबाद विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्: भूकम्प आएजस्तो लाग्यो, जताततै धुवाँ थियो

अहमदाबाद विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्: भूकम्प आएजस्तो लाग्यो, जताततै धुवाँ थियो

नेपालखबर
जेठ २९, २०८२ बिहिबार २०:१५, काठमाडौँ

भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा अहिलेसम्म २०४ जनाको मृत्युको पुष्टि भएको छ। 

विमानमा चालक दलका सदस्यबाहेक २४२ यात्रु थिए। तीमध्ये अहिलेसम्म २०४ जनाको शव भेटिएको अधिकारीले बताएका छन्। 

यसैबीच विमान दुर्घटनाका प्रत्यक्षदर्शीले आफ्ना अनुभव सञ्चारमाध्यमलाई सुनाएका छन्। 

एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी पीटीआईसँग भनेका छन्, ‘म घरमा बसिरहेको थिएँ, अचानक आवाज आयो। भूकम्प आएजस्तो महसुस भयो। जताततै धुवाँ थियो। मलाई थाहा थिएन कि विमान दुर्घटना भएको हो। त्यसपछि म यहाँ आउँदा थाहा भयो।’

विमान दुर्घटना हुँदाको दृश्य

उनले अगाडि भनेका छन्, ‘जब म यहाँ आएँ, मैले देखेँ कि विमान दुर्घटनाग्रस्त भएको थियो र त्यहाँ धेरै शव थिए।’

यस्तै अर्का प्रत्यक्षदर्शी भाजपा विधायक दर्शना वाघेलाले पनि यस विषयमा समाचार एजेन्सी एएनआईलाई बताएकी छन्। 

उनले भनेकी छन्, ‘म यहाँ मेरो कार्यालयमा बसिरहेको थिएँ। त्यहाँ विस्फोट भयो। जब म त्यहाँ गएँ, मैले देखेँ कि विमान दुर्घटनाग्रस्त भएको थियो। धेरै धुवाँ थियो। डाक्टरहरूको फ्ल्याटमा धेरै क्षति भएको छ। हामीले स्थानीय कामदारहरूको सहयोगमा त्यहाँबाट धेरै डाक्टरहरूलाई उद्धार गरेका छौँ।’

विमान दुर्घटनास्थल

एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विमान उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो। यो विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो।’

विमान बिहीबार दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो, जसमा २४२ यात्रु र चालक दलका सदस्य थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad