ग्लोबल


अहिले शत्रु बनेका ट्रम्प–मस्क मित्रताका ती तस्बिर

अहिले शत्रु बनेका ट्रम्प–मस्क मित्रताका ती तस्बिर

गत हप्ता इलोन मस्कले ह्वाइट हाउस छाड्ने घोषणा गर्दा सुनको चाबी उपहार दिँदै ट्रम्प।


नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १३:१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका सीईओ इलोन मस्कबीच अहिले एकाएक वैमनस्य बढेको छ।

गत राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई जिताउन मस्क सँगसँगै चुनावी अभियानमा हिँडे।

नभन्दै ट्रम्पले चुनाव जिते पनि। 

अनि आफू दोस्रोपटक ह्वाइहट हाउसमा फर्किनासाथ उनले मस्कलाई सरकारी दक्षता विभाग (डज) को प्रमुख बनाए। जसको काम सरकारी खर्च कटौती गर्नु हो। 

तर मस्कले १३० दिन डजको नेतृत्व गरेर हालै अचानक पदबाट बाहिरिए। 

त्यसयता उनले ट्रम्पको आलोचना गरिरहेका छन्। प्रतिवादमा ट्रम्पले पनि मस्कविरुद्ध कडा टिप्पणी गरिरहेका छन्। 

त्यति मात्र होइन, ट्रम्पले अमेरिकी सरकारले मस्कका कम्पनीहरूलाई दिइरहेका सरकारी अनुदान र ठेक्का अन्त्य गर्ने चेतावनीसमेत दिएका छन्।

यसरी विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्क र सबैभन्दा शक्तिशाली नेता डोनाल्ड ट्रम्पबीच बढ्दै गएको द्वन्द्वले अब के होला भन्ने कौतूहल बढेको छ। 

यसैबीच यी तस्बिरमा हेर्नुहोस् यसअघि ट्रम्प र मस्कबीच मित्रताको शृ‌ंखला-

यस वर्ष फेब्रुअरीमा मस्कले ओभल अफिसमा नयाँ सरकारी दक्षता विभागबारे धेरै प्रश्नको जवाफ दिएका थिए।

डिसेम्बर २०२४ मा सेना-नौसेना फुटबल खेलका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग इलोन मस्क।

जनवरी २०२४ मा ट्रम्पको शपथ ग्रहणको एक दिनअघि मस्क ट्रम्पसँगै र्‍यालीमा।
अमेरिकामा टेस्लाका कार बहिष्कारको माग भइरहेका बेला ट्रम्पले इलोन मस्कको कम्पनी टेस्लाबाट कार किन्ने बताएका थिए।
अक्टोबर २०२४ मा राष्ट्रपति चुनावका क्रममा इलोन मस्क पहिलोपटक सार्वजनिक रूपमा ट्रम्पको चुनावी अभियानमा सामेल हुँदा।
ट्रम्पको शपथमा इलोन मस्क पनि सहभागी भएका थिए।

मार्चमा मस्क ट्रम्पको मन्त्रिपरिषद् बैठकमा पनि उपस्थित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad