नाइजेरियाको मोक्वा सहरमा बिहीबार आएको बाढीका कारण मृत्यु हुनेको आधिकारिक संख्या २०० नाघेको छ।
तर बाढीमा परी मध्य नाइजर राज्यको यस सहरमा ५०० भन्दा बढी मानिस अझै बेपत्ता छन्।
तर स्थानीय अधिकारी मोसेस किम्बोकुले उनीहरू अब जीवित नरहेको विश्वासमा खोजी रोकिएको बताएका छन्।
उनीहरूसमेत बाढीबाट मृत्यु हुनेको कुल संख्या ७०० भन्दा बढी पुगेको आशंका गरिएको बीबीसीले जनाएको छ।
यो बाढी पछिल्लो ६० वर्षमा यस क्षेत्रकै सबैभन्दा खतरनाक बाढी ठानिएको छ।
नाइजेरियामा सन् २०२२ मा ठूलो बाढी आउँदा ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने झन्डै १३ लाख जना घरबारविहीन भएका थिए।
102
Shares

प्रतिक्रिया