ग्लोबल


गाजामा युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजामा युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजामा गरिएको विस्फोट


नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १३:३८, काठमाडौँ

गाजामा युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ। 

बीबीसीका अनुसार हमासका एक वरिष्ठ अधिकारीले गाजामा युद्धविराम र बन्धक रिहाइका लागि अमेरिकाले गरेको नयाँ प्रस्ताव उनीहरूले अस्वीकार गरेका हुन्। 

हमासले उक्त प्रस्तावले पूर्ण युद्धविरामका लागि आफूहरूले राखेको मूल माग पूरा नहुने बताउँदै अमेरिकाको प्रस्तावमा असहमति जनाएको हो। 

समय आएपछि यसको जवाफ दिने हमासले बताएको छ।

यसअघि बिहीबार अमेरिकाको राष्ट्रपति कार्यालयल ह्वाइट हाउसले इजरायलले अमेरिकी विशेष दूत स्टिभ विटकफको प्रस्तावमा "हस्ताक्षर" गरेको र अब उनीहरू हमासको प्रतिक्रियाको पर्खाइमा रहेको बताएको थियो। 

इजरायली मिडियामा आएका रिपोर्टका अनुसार इजरायलका अधिकारीहरूले यस प्रस्तावमा ६० दिनको युद्धविराम र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदी रिहाइको बदलामा हमासले १० जना जीवित बन्धक छाड्नुपर्ने र मृत १८ बन्धकको अवशेष हस्तान्तरण गर्नुपर्ने सर्त राखेका छन्। 

इजरायली सरकारबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बन्धकका परिवारले यो प्रस्ताव स्वीकार गर्न बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad