ग्लोबल


चीनको केमिकल प्लान्टमा ठूलो विस्फोट, ५ मृत्यु, १९ घाइते, ६ जना बेपत्ता

चीनको केमिकल प्लान्टमा ठूलो विस्फोट, ५ मृत्यु, १९ घाइते, ६ जना बेपत्ता

चीनको एक रासायनिक कारखानामा विस्फोट हुँदा पूरै ब्लक ध्वस्त भएको छ।


नेपालखबर
जेठ १४, २०८२ बुधबार ९:५, काठमाडौँ

चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा ठूलो विस्फोट भएको छ। 

विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु र १९ जना घाइते भएको बीबीसीले जनाएको छ। 

मंगलबार राति भएको दुर्घटनामा अन्य ६ जना बेपत्ता भएको बताइएको छ।

सामाजिक सञ्जालमा भाइरल फुटेजमा घटनास्थलबाट कालो धुवाँ निस्किरहेको देखिन्छ।

स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ रासायनिक कारखानामा राहत र उद्धारका लागि २०० भन्दा बढी आपत्‌कालीन उद्धारकर्मी खटाइएको थियो।

कम्पनीको वेबसाइटका अनुसार यहाँ कीटनाशक र औषधि उत्पादन गरिन्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad