ग्लोबल


ट्रम्पको ‘गोल्डेन डोम’ योजनामा उत्तर कोरियाको प्रतिक्रिया: 'अहंकारको पराकाष्ठा'

अन्तरिक्षलाई आणविक युद्धक्षेत्रमा परिणत गर्न सक्ने चेतावनी
ट्रम्पको ‘गोल्डेन डोम’ योजनामा उत्तर कोरियाको प्रतिक्रिया: 'अहंकारको पराकाष्ठा'

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन


नेपालखबर
जेठ १३, २०८२ मंगलबार २०:३२, काठमाडौँ

उत्तर कोरियाले अमेरिकी योजना 'गोल्डेन डोम'को आलोचना गर्दै यसले ‘अन्तरिक्षलाई सम्भावित आणविक युद्धक्षेत्रमा परिणत गर्न सक्ने’ बताएको छ।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै आफ्नो कार्यकालको अन्त्यसम्ममा प्रतिरक्षा प्रणाली 'गोल्डेन डोम' सुरु गर्ने घोषणा गरेका छन्। 

यसको उद्देश्य अमेरिकालाई भविष्यमा हुने ब्यालिस्टिक र क्रुज मिसाइलजस्ता क्षेप्यास्त्र आक्रमणबाट बचाउनु हो।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली विदेश मन्त्रालयले ट्रम्पको योजनालाई 'अहंकारको पराकाष्ठा' भनेको छ।

साथै उत्तर कोरियाले अमेरिकाले अन्तरिक्षलाई युद्धभूमिमा परिणत गर्न खोजेको आरोप लगाएको छ। यसले विश्वमा आणविक र अन्तरिक्ष हतियारको दौड निम्त्याउन सक्ने चेतावनी पनि दिएको छ। 

उत्तर कोरियाले यसअघि नै अमेरिकालाई शत्रु मान्छ र अमेरिका-दक्षिण कोरियाका सैन्य गतिविधिको विरोध गरिरहेको छ। 

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनले एएफपीसँग भनेका छन्, ‘उत्तर कोरिया गोल्डेन डोमले आफ्नो आणविक हतियार कमजोर बनाउन सक्ने ठान्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad