ग्लोबल


बंगलादेश: जमात-ए-इस्लामी नेता अजहर इस्लामविरुद्धको मृत्युदण्ड फैसला उल्टियो, रिहाको आदेश

बंगलादेश: जमात-ए-इस्लामी नेता अजहर इस्लामविरुद्धको मृत्युदण्ड फैसला उल्टियो, रिहाको आदेश

जमात-ए-इस्लामी (बंगलादेश) का नेता अजहर इस्लाम (फाइल फोटो)


नेपालखबर
जेठ १३, २०८२ मंगलबार १६:५९, काठमाडौँ

बंगलादेशको एक अदालतले युद्ध अपराधको मुद्दामा जमात-ए-इस्लामी (बंगलादेश) का नेता अजहर इस्लामलाई सुनाइएको मृत्युदण्डको सजाय उल्टाउँदै तत्काल रिहा गर्न आदेश दिएको छ।

सन् २०१४ डिसेम्बर ३० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशको १९७१ को स्वतन्त्रता युद्धको समयमा मानवताविरुद्ध अपराध गरेको ठहर गर्दै इस्लामलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

बंगलादेशका प्रधानन्यायाधीश डा. सैयद रिफत अहमद नेतृत्वको ७ सदस्यीय पुनरावेदन इजलासले मृत्युदण्डको फैसला उल्टाउँदै उनलाई रिहा गर्न आदेश दिएको हो।

अदालतले भनेको छ, ‘अजहर इस्लामविरुद्ध अन्य कुनै मुद्दा छैन भने उनलाई तुरुन्तै रिहा गर्नू।’ 

अजहर इस्लामले दोषी ठहरविरुद्ध निवेदन दिँदा पुनरावेदन महाशाखाले २०१९ अक्टोबर ३१ मा न्यायाधिकरणले तोकेको सजाय नै कायम राखेको थियो। 

त्यसपछि २०२० जुलाई १९ मा उनले पुनरावेदन महाशाखाको सम्बन्धित शाखामा पुनरवलोकन निवेदन दायर गरे।

मंगलबार उक्त निवेदनमा सुनुवाइपछि उनलाई तत्काल रिहा गर्ने निर्णय गरिएको हो।

फैसलापछि जमात-ए-इस्लामी बंगलादेशका नेता अमिर शफिकर रहमानले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यसलाई ‘न्यायको विजय’ भनेका छन्। 

उनले भने, ‘हामी बदला चाहँदैनथ्यौँ, न्याय चाहन्थ्यौँ। यो फैसलाले सत्यलाई दबाउन सकिँदैन भन्ने प्रमाणित गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad